Posts

जित पक्का भएपछि बालेनले भने – विजयी जुलुस नगरौं, जहाँ हुनुहुन्छ त्यही धन्यवाद र्‍याली गरौं

Image
  ‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नुभएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन ।’ ‘मेरो स्वयंको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनाेट गर्नुभएको छ’ वक्तव्यमा उनले भनेका छन्, ‘हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनुपर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ ।’ वक्तव्यको पूर्णपाठ  स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन । जित–हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेक

फरार भनिएका पल शाह प्रहरी कार्यालयमा आँफै उपस्थित

Image
 जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालयसमक्ष आँफै उपस्थित भएका छ्न  । शाह अहिले प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।यसअघि सामाजिक सञ्जालमा आइतबार स्टाटस लेख्दै शाह आफै प्रहरीसमक्ष उपस्थित हुने बताएका थिए  उमेर  नपुगेककिशोरीलाईयौन शोषण गरेको आरोप उनीमाथि छ।  ति किशोरीले दिएको उजुरीका आधारमा तनहुँ प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। पक्राउ पूर्जी जारी भएपछि नायक पल शाह आँफै प्रहरी कार्यालयसमक्ष उपस्थित भएका छन । 

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

Image
हिन्दू धर्मको सबैभन्दा महत्वपूर्ण ग्रन्थ मध्ये एक हो–श्रीमद्भागवत गीता । यस ग्रन्थको रचना आजभन्दा लगभग ५ हजार वर्ष पहिला गरिएको अनुमान गरिन्छ । आश्चर्य लाग्ने कुरा के हो भने कलियुगमा के–के घ’टना हुन्छन् भन्ने भविष्यवाणी भागवत पुराणमा ५ हजार वर्ष पहिला लेखिएको थियो । केही भविष्यवाणी यस्ता छन्- श्लोक १:हिन्दू धर्मको सबैभन्दा महत्वपूर्ण ग्रन्थ मध्ये एक हो–श्रीमद्भागवत गीता । यस ग्रन्थको रचना आजभन्दा लगभग ५ हजार वर्ष पहिला गरिएको अनुमान गरिन्छ । आश्चर्य लाग्ने कुरा के हो भने कलियुगमा के–के घ’टना हुन्छन् भन्ने भविष्यवाणी भागवत पुराणमा ५ हजार वर्ष पहिला लेखिएको थियो । केही भविष्यवाणी यस्ता छन्- श्लोक १: ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमा दया । कालेन बलिना राजन् नङ्‌क्ष्यत्यायुर्बलं स्मृतिः ॥ अर्थ- धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवनको अवधि, शारीरिक श’क्ति तथा स्मृति सबै दिन प्रतिदिन घट्दै जानेछ । श्लोक २: वित्तमेव कलौ नृणां जन्माचारगुणोदयः । धर्मन्याय व्यवस्थायां कारणं बलमेव हि ॥ अर्थ – कलीयुगमा जुन व्यक्तिसँग जति धन हुनेछ उतिनै गुणी मानिने छ । र कानून, न्याय

पन्ध्रलाख बर्ष अगाडीको काठमाडौ

Image
सुदीप श्रेष्ठ कथायेँ:  प्रारम्भ काठमाडौं ‘अमिबा’ जस्तै छ, समयक्रममा रूप फेरिरहन्छ। पन्ध्र लाख वर्षअघिसम्म यो अहिलेजस्तो उपत्यका थिएन। घना जंगल थियो। कुनै मानव पुर्खा शिकार खेल्दै यहाँ आएका भए हात्तीसँग जम्काभेट भयो होला। त्यो हात्ती अहिलेजस्तो भीमकाय थिएन रे। हामी वा हाम्रा पुर्खाभन्दा अलिकति मात्र ठूलो थियो रे। हामीले चिडियाखानामा देखेको जलगैंडा पनि हाम्रा पुर्खाले यहीँ बागमती नदीमा छप्ल्याङछुप्लुङ पानी खेल्दै गरेको भेटे होलान्। बागमती किनार घाम ताप्दै गरेका डरलाग्दा गोही देखेर उनीहरू तर्से पनि होलान्। यो मेरो हवाई कल्पना होइन। काठमाडौं उपत्यकाका विभिन्न भागमा यी जीवजन्तुका जीवावशेष (फोसिल) पाइएका छन्, जसले यो घनाबस्ती जंगली जनावरको घर थियो भन्ने प्रमाणित गर्छ। भूगर्भविद्हरूले पत्ता लगाएअनुसार १५ लाख वर्षअघिबाट काठमाडौंको रूप फेरिने क्रम सुरू भयो, जब युरेसियन र इन्डियन प्लेटको घर्षणले दक्षिणतिर महाभारत पर्वतशृंखला अग्लिन थाल्यो। त्यो बेला महाभारत र चुरे यति तीव्र गतिमा अग्लिँदै थियो, उत्तर–दक्षिण बग्ने धेरै नदीको बाटो थुनियो। लाखौं लाख

गजल लेखनीमा अतिवाद

Image
नारायण गाउँले झट्ट हेर्दा यो शीर्षक असान्दर्भिक, अतिरञ्जित र अर्थहीन देखिन्छ । तर, बास्तविकता अलिक भिन्न छ । नेपाली गजलले सवा सय वर्ष लामो अग्निपरीक्षा दिइसकेपछिको अवस्थामा पनि प्राज्ञिक र पूर्ण साहित्यिक अनुमोदन हासिल गर्न नसक्नुमा खासगरी दुई थान अतिवादहरूले बन्धनको काम गरेका छन् र आजको गजल तिनबाट मुक्ति चाहन्छ । सर्जकदेखि समीक्षकसम्म गहिरो जरो गाडेका ती दुई अतिवादहरू हुन्  १-गजललाई आयातीत विधाका रूपमा राखिरहेर यसलाई स्थानीयकरणबाट रोक्ने अभ्यास । २- गजललाई स्वतन्त्र र स्वायत्त विधाका रूपमा पुष्टि गर्ने र यसलाई संस्थापक आधार कविताबाट अलग्याउने कसरत । साहित्यिक इतिहासको अध्ययन गर्ने विश्वविद्यालयीय विद्यार्थी र शोधार्थीबाहेक अन्य सर्जक, पाठक र समालोचकलाई लेखन-पूर्व नै गजल आयातीत या ‘विदेशी’ विधा हो भन्ने ‘रेडिमेड ज्ञान’ हुनु नै गजल नेपाली साहित्यको मूलप्रवाहमा पूर्ण-समायोजन भइनसकेको प्रमाण हो । निबन्ध, उपन्यास, जीवनी, कविताजस्ता साहित्यका प्राय: सबै विधा नेपाली भाषामा आयातीत विधा नै हुन् । अझ तीमध्ये पनि निबन्ध र उपन्यासजस्ता विधाहरू त गजलभन्दा नयाँ विधासमेत हुन् । तर,