Posts

Showing posts from 2011

गजल

 बैगुनीलाई जित        दिलाएर किन हिँडौ ?  सर्पलाई दुध सधैं        पिलाएर किन हिँडौ ? छिनमै जोडजाड       छिनमै हुने भताभुङ ।  उध्रिएको सम्बन्ध यो सिलाएर किन हिँडौ ? यही रोक्ने उही रोक्ने   भेटे जहीतही रोक्ने ।  बेमानीलाई याद आफ्नो दिलाएर किन हिँडौ ? हार्दिकता लत्याएर    खाली भावनामा खेल्ने । निर्मोहीसँग मन          मिलाएर किन हिँडौ ?  ह्ववात आई स्वात्त  सुक्ने खहरेको हैन भेल । जरुवा हुँ बगरमा         बिलाएर किन हिँडौ ?                                                राममणि ढुंगाना 

गजल

सुदीप पौडेल "तटस्थ " लेकबाट देउराली झरे पछि आए । मुटु भित्र तिम्रो माया बसे पछि आए ॥ चल्दै थियो बसन्तको बैसालू हावा । मग्मगाउने सुबास छरेपछि आए ॥ हुन्न रै छ एक्लो जीबन खोज्नै पर्ने साथी । हिर्दयमा तिम्रो तस्बीर परे पछि आए ।। याद बनी आई दिन्छौ आठै प्रहर भरी । तिम्रैतिर मेरो मन सरे पछि आए ॥ कपटको जमानामा धोका मौलाउदा । बिश्वासको जलघड़ा भरे पछि आए ॥

गजल

{प्रज्वल लामिछाने } माया मेरो तराजु मा जोखेर हरायौ । हाँसो लुकाई आसुँ मात्र पोखेर हरायौ ।। एक्लै थे ठिकै थिए चल्दैथे यात्राहरु । अनायासै आयौ अनि रोकेर हरायौ ।। सहयात्रा गर्छु भन्यौ शरण मा पर्छु भन्यौ। लुटनु लुटयौ अनि ताल्चा ठोकेर हरायौ ।। पहिले शर्मायौ पछि झुक्यायौ र फेरी। निभाउछु {प्रज्वल} भन्दै तोकेर हरायौ ।।

गजल

{प्रज्वल लामिछाने } धेरै दिन पर्खायौ । र रित्तो फर्कायौ ।। फूल झै कोमल मुटु। शिशा झै चार्कायौ ।। पहिले सुम्पियौ मुटु। र फेरी तर्कायौ ।। शिर मा सजाउछु भन्थ्यौ । बलेशीमै तर्कायौ ।। किन भनी ? प्रश्न गर्दा । जवाफ मा थर्कायौ ।। बोलेनन आसुँ पनि । नबोलेरै आर्कायौ ।।

गजल

अमृत "भान्जाभाई " हिर्दय तोडेर गयौ प्रिया । किन छोडेर गयौ प्रिया ।। मलाई त्यही छाडि यात्रा । कता मोडेर गयौ प्रिया ।। मन भित्र बारे कै थिए । ताल्चा फोडेर गयौ प्रिया ।। शिशा हुँ म शिशा सँगै । मुटु जोडेर गयौ प्रिया ।।

गजल

खोला तरेर जानेलाई । पर सरेर जानेलाई ।। सम्झन्न भो अरुकै । भर् परेर जानेलाई ।। के भन्नु छ र मलाई ।। आफै झरेर जानेलाई । गाउ- सहर् मेरो ।। बदनाम् गरेर जानेलाई ॥ हिर्दयमा ठाउँ छैन अब ।। बिश जति भरेर जानेलाई।। अमृत "भान्जाभाई " रंगपुर ५ रौतहट