Posts

Showing posts from March, 2019

पारीजातको कबिता - बलात्कृतको बयान

Image
बलात्कृतको बयान जंगली फूलहरु फुलेको भिरालोमा  पैतालाको काँडा झिक्तैथेँ, हजूर! बाघ चितुवाको शिकार खेले जस्तो होइन मान्छेहरु जस्तै  मान्छेहरुले जस्तै सुसेल्दै, गीत भन्दै छिल्लिँदै र जिस्किँदै बनपाले र उनका मतियारहरुले मेरो ज्यानसँग जथाभावी गरे मेरो इज्जत सबै लुटे मलाई रक्ताम्मे पारे काल नआएकी म मर्न सकिनँ, हजूर। माइती एकादेशमा लोग्ने निम्छरो ठूला–बडाको मुख हेरी गाउँलेहरुले मलाई यहाँ ल्याइदिए, हजुर। बाहिर मेरो रक्षे गर्ने कोही छैन मलाई ऊ... त्यो झ्यालखानाभित्र राखिदिनुहोस्, हजुर! झ्यालखानाभित्र।