Posts

Showing posts from 2015

दशै

Image
दशै खोइ त्यो  खुशी  उमङ अनी हासो ./ शायद समय बेला अनि  परिवर्तित मन  , / समय यस्तो पनि थियो / आमाको न्यानो माया त्यो पिङको मचाइ ,/ दाइको लाडे प्यार सबै सबै सम्झनामा फगत सम्झनामा / नहरको डिलमुनी त्यो लुकामारी / स्कुल पछाडिको अंम्बा चोराइ / फगत एक सपना जस्तो डियर दशै फगत एक सपना जस्तो . / कृति भट्टराई

गजल

                 त्यो रातले   सताउ‘छ  घरिघरि ।                  तिम्रो यादले  सताउ‘छ घरिघरि ।।                            छोडदिन साथ    भन्थ्यौ  बैगुनी।                   त्यो  ढॉट सताउ‘छ घरिघरि ।।                                  तिमिले  पिइयाएको  जवानीको रस ।                  अहो ! त्यो मातले सताउ‘छ घरिघरि ।।                                      चिथोरेर   मुटुुलाई    भयौ   टाढा ।                  त्यो     घातले  सताउ‘छ घरिघरि ।।                  बादलले  ढाकिदिन्छ   ऑखा भरि ।                   बरसातले    सताउ‘छ घरिघरि ।।                                   अमृत “भाञ्जाभाइ”                              

गजल

Image
छोड्नु थियो दोबाटोमै झुठो कसम खायौ किन ?। मेरै धून  मेरै लय मेरै  गीत  गायौ  किन ? ।। बाचा गर्यौ हर मोडमा साथ दिन्छु भनी तिमीले । छोड्नु थियो हात मेरो झुठो प्रित लायौ किन ? ।। काडा जती मलाई पारे फूल जती तिम्रो भागमा । तर पनि बरम्बार मलाईनै    रुवायौ  किन ? ।। मेरै पो त गल्ती थियो कि तिम्रो पनि गल्ती शायद । बिना कारण मेरो  मनलाई  तिमीले  जलायौ  किन ?।। कृति भट्टराई

गजल

गजल माया जालमा पर्नुको मज्जा बेग्लै छ । सँगै  नदी   तर्नुको मज्जा बेग्लै छ।। कैले तिमीले कहिले मैले देख्ने सपनाहरु । मिल्दै पुरा  गर्नुको मज्जा बेग्लै छ । थोरै वर झनझन वर एकछिन सरौ हामी । अलि  वर  सर्नुको  मज्जा  बेग्लै छ ।। त्यसै त्यसै यदी हामी अलगियौ भने । आसुँ बनी झर्नुको मज्जा बेग्लै छ ।। अमृत भान्जाभाइ       

गजल

Image
गजल मन मनै माया गर्ने शैली तिम्रो जाती लाग्यो । अपरिचित स्वरूप तिम्रो नजिकैको साथी लाग्यो ।। चारैतिर हेरी बस्छु देखिन्छकी तिमीलाई भनी । मन भित्रको तिम्रो शहर सबै भन्दा माथि लाग्यो ।। मौनतामै बिलाएका मायाका ति आवाजहरु । सपनामा आईदिदा दिउसो पनि राती लाग्यो ।। ईशाराका भाबहरु शायद   मैले बुझिन कि ? । तिम्रो मनमा दाग लाउने मै मात्र घाती लाग्यो ।। कृति भट्टराई   

कबिता _-_प्रिया अनि कम्पन

प्रिया अनि कम्पन जब तिमी अङालोमा मेरै अङालोमा बेरिन आउथियौ मलाई कम्पन महसुस हुन्थ्यो । तिमी अहिले मसँग छैनौ , र पनि म कम्पित छु तिमी हुँदाको कम्पन अनी नहुदाको कम्पन    फरक अहिले सारा सारा कम्पित छन अहिले सारा सारा त्रसित छन पक्कै पनि  भुकम्प गएको छ यहाँ तिमी समिपमा हुँदाको कम्पन र अहिले जमिनको कम्पन दुबैको अनुभुती फरक छ तिमीसँग को कम्पन उल्लास अनी खुशी को हुन्थियो अहिले को कम्पन हतास अनी ग्लानी को छ ....... अमृत भन्जाभाइ २०७२। ०२ । १९ कबिता  
सुन्तली ....... यादका बिस्कुन मथिंगल ओरिपरि लमहा खोलाको  भेल झैँ गड गड गड गड गर्दै आइरह्यो / बिर्से भन्न मलाई पाप लाग्दो हो भुर्कुटको च्याउ जिब्रेको साग मुजुर खुट्टी टिपेर तिम्रो पोल्टाभरि हाल्दिएको आजै जस्तो लाग्छ / मेरो गाइबस्तु जेर बाट भाग्दा तिमी कुद्दै गएर धपाउदै जेर मा मिसाउथेउ हो त्यो पनि आजै जस्तो लाग्छ सुन्तली तिमी अहिले पनि मैरा को जंगलमा भोर्लिनीको चिसो पानि सालको पात बेरेर पीउछौ होला ? अनि पोल्टा भरि मकै डुमरी जामुन कुसुम हुन्छ होला कुनै दिन म नहरै नहर मैरा हुँदै कटानी आए भने तिमी संगै भुर्कुट को च्याउ मकै दूम्री मुजुर खुट्टी लिन जाउला नि है सुन्तली ? अमृत भान्जाभई