Posts

Showing posts from September, 2019

पन्ध्रलाख बर्ष अगाडीको काठमाडौ

Image
सुदीप श्रेष्ठ कथायेँ:  प्रारम्भ काठमाडौं ‘अमिबा’ जस्तै छ, समयक्रममा रूप फेरिरहन्छ। पन्ध्र लाख वर्षअघिसम्म यो अहिलेजस्तो उपत्यका थिएन। घना जंगल थियो। कुनै मानव पुर्खा शिकार खेल्दै यहाँ आएका भए हात्तीसँग जम्काभेट भयो होला। त्यो हात्ती अहिलेजस्तो भीमकाय थिएन रे। हामी वा हाम्रा पुर्खाभन्दा अलिकति मात्र ठूलो थियो रे। हामीले चिडियाखानामा देखेको जलगैंडा पनि हाम्रा पुर्खाले यहीँ बागमती नदीमा छप्ल्याङछुप्लुङ पानी खेल्दै गरेको भेटे होलान्। बागमती किनार घाम ताप्दै गरेका डरलाग्दा गोही देखेर उनीहरू तर्से पनि होलान्। यो मेरो हवाई कल्पना होइन। काठमाडौं उपत्यकाका विभिन्न भागमा यी जीवजन्तुका जीवावशेष (फोसिल) पाइएका छन्, जसले यो घनाबस्ती जंगली जनावरको घर थियो भन्ने प्रमाणित गर्छ। भूगर्भविद्हरूले पत्ता लगाएअनुसार १५ लाख वर्षअघिबाट काठमाडौंको रूप फेरिने क्रम सुरू भयो, जब युरेसियन र इन्डियन प्लेटको घर्षणले दक्षिणतिर महाभारत पर्वतशृंखला अग्लिन थाल्यो। त्यो बेला महाभारत र चुरे यति तीव्र गतिमा अग्लिँदै थियो, उत्तर–दक्षिण बग्ने धेरै नदीको बाटो थुनियो। लाखौं लाख