Posts

Showing posts from 2017

साढे ७’को पहिलो गीत ‘गज्जब हुनेछ’

Image
साढे ७’को पहिलो गीत ‘गज्जब हुनेछ’ चलचित्र साढें ७ को पहिलो गीत सार्वजनिक भएपछि नेपाली दर्शकहरुमा यो चलचित्रबारे थप उत्सुकता थपिएको छ ।  अमृत खतिवडा ‘भान्जाभाई’को शब्दमा सत्यराज आचार्यको संगीत र किरण गजमेरको स्वर रहेको चलचित्रको पहिलो गीत गज्जव हुनेछ केहि दिन अघि मात्र सार्वजनिक भएको हो । गायक तथा संगीतकार सत्यराज आचार्य चलचित्रको कथाका मुलपात्र फोटोग्राफर रहेको यस चलचित्रमा सुप्रिया कटुवाल,सुनिल थापा, शिशिर वाङदेल, कामेश्वर चौरसिया,मेनका प्रधान अभिनय रहेको छ । सुनिल थापा र साम्तेन भुटिया, सत्यराज(स्वरुपराज, नरेशदेव पाण्डे र डिजे सन्तोषले निर्माण गरेको यस चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।

कबिता="निर्झर" सिद्धीचरण श्रेष्ठ

Image
"निर्झर " द्रुत निर्झर ! झर झर्झर, वन,पर्वत स्वरले भर! गिरिउपर, तरुको तल म बसीकन स्वर सुन्दछु! स्वरमा सुख, स्वर जिवन, गर कल्कल स्वर सुन्दर! म छु बिह्लल, सुख दुर छ, बह झर्झर, प्रिय निर्झर! "१९८८ "

💌बर्षात💘......

Image
💌 बर्षात 💘 ....... तिमिले साउने झरी भै पानी म मा नबर्साएको भए न त म घुम ओढि तिम्रो सामु आउने नै थिए। बर्सायौ त्यो बखत मुसलधारे वर्षा । अनि पो म तिम्रो कलेजिमा अटाए। म कलेजीमा निदाउनु। म तिमिमै बिलाउनु । मेरो हर्कत थिएन। थियो त बस! तिम्रो चाहा थियो। अहिले पनि म तिम्रो गल्लिमा तिम्लाइ नै सोध्दै । पबन संगै बहन्छु। मेरो बहकाइमा पबन पनि सुस्त सुस्त बिस्तारै बहन्छ। सायाद बहनु पबनको नियाती हो। सायद बहनु मेरो अतिरन्जना हो। बर्सातमा आज पनि म अतिरन्जना मै छु। साउन बर्षनको लागि बर्सन्छ । म तिमी नहुदा बर्सन्छु। बर्सात पनि किन आजकाल निको निको लाग्न थाल्यो। अमृत" भान्जाभाई " २०७४/०३ /२६