गजल
छापा मारेर ताला फोरेकी किन ? नसोधिकन मन चोरेकी किन ? ठिकै थियो शिशिर फक्रेको ओसिलो टालाहरु बटुलेर मोरेकी किन ? नताते निभ्ने तातेपछि पग्लने हिउँमाथि आगो जोरेकी किन ? दिनभरि जलेर रातभरि जम्ने मरुभूमिमा नक्शा कोरेकी किन ? ढक्कमक्क फुलेको उधानलाई छोडेर जानीजानी पत्कार सोरेकी किन ? राममणि ढुंगाना