Posts

Showing posts from June, 2013

गजल

Image
छापा मारेर ताला फोरेकी  किन ? नसोधिकन  मन  चोरेकी  किन ? ठिकै थियो शिशिर  फक्रेको ओसिलो टालाहरु   बटुलेर  मोरेकी किन ? नताते निभ्ने तातेपछि  पग्लने हिउँमाथि  आगो जोरेकी  किन ? दिनभरि जलेर रातभरि  जम्ने मरुभूमिमा नक्शा कोरेकी किन ? ढक्कमक्क फुलेको उधानलाई छोडेर  जानीजानी पत्कार  सोरेकी किन ?                           राममणि ढुंगाना