Posts

Showing posts from May, 2011

गजल

{प्रज्वल लामिछाने } माया मेरो तराजु मा जोखेर हरायौ । हाँसो लुकाई आसुँ मात्र पोखेर हरायौ ।। एक्लै थे ठिकै थिए चल्दैथे यात्राहरु । अनायासै आयौ अनि रोकेर हरायौ ।। सहयात्रा गर्छु भन्यौ शरण मा पर्छु भन्यौ। लुटनु लुटयौ अनि ताल्चा ठोकेर हरायौ ।। पहिले शर्मायौ पछि झुक्यायौ र फेरी। निभाउछु {प्रज्वल} भन्दै तोकेर हरायौ ।।

गजल

{प्रज्वल लामिछाने } धेरै दिन पर्खायौ । र रित्तो फर्कायौ ।। फूल झै कोमल मुटु। शिशा झै चार्कायौ ।। पहिले सुम्पियौ मुटु। र फेरी तर्कायौ ।। शिर मा सजाउछु भन्थ्यौ । बलेशीमै तर्कायौ ।। किन भनी ? प्रश्न गर्दा । जवाफ मा थर्कायौ ।। बोलेनन आसुँ पनि । नबोलेरै आर्कायौ ।।