Posts

Showing posts from August, 2009

गजल

प्रज्वल लामिछाने एक्लै बाच्नुको सार कहाँ रहयो र ? तिमी सँगको प्यार कहाँ रहयो र ? थियो र पो प्यार अगालिन्थौ हामी । अब त्यस्तो संसार कहाँ रहयो र ? जति हेरे पनि हेरी रहु लाग्ने । हसिलो त्यो मुहार कहाँ रहयो र ? मन मुटु सुम्पे पनि छाडि गए पछि । आफ्नो भन्ने आधार कहाँ रहयो र ?

गजल

प्रज्वल लामिछाने सानो गल्तीमा पनि झर्किएर गयौ तिमी । बोलाँउदा नसुने झै तर्किएर गयौ तिमी ।। आखिर कहिलेको रिस पोख्यौ म माथि । कुरै नबुझी फर्किएर गयौ तिमी ।। माफी मागी तिमी सामु हात जोडे पनि । उल्टो धोकेबाज भनि अर्किएर गयौ तिमी।। तिम्रै हुँ जिबन भर साथ देउ भन्ने तिमी । कस्को साथ पयौ कुन्नि लर्किएर गयौ तिमी ।। तिमी भित्र सपनाको संसार सजाउथे । तर आज सिसासरी चर्किएर गयौ तिमी ।।

गजल

प्रज्वल लामिछाने नखोज्नु कही कतै तिम्रो मनमा हुन्छु म। नपत्याए छामी हेर धड्कनमा हुन्छु म ।। तिमी भित्र रमी बाच्नु मेरो यथार्थ हो । त्यसैले हरपल तिम्रो जिबनमा हुन्छु म ।। स्वर्गकी परी धर्तिमा झरयौ मेरो निम्ती । साथ पाए तिम्रो हर मिलन मा हुन्छु म ।। कहिले काहि तिमीबाट टाढिनु पर्दा । कालो बादल पन्छयाउदै गगनमा हुन्छु म ।। सुन्दरताले जवानी त्यो पोखिदेला भनी । सधै भरी तिम्रा ति बदनमा हुन्छु म ।। रातको अधेरीले छाया पार्दा तिमीलाई । "प्रज्वल" बनी चिहाउदै जुनमा हुन्छु म ।।