गजल

प्रज्वल लामिछाने
नखोज्नु कही कतै तिम्रो मनमा हुन्छु म।
नपत्याए छामी हेर धड्कनमा हुन्छु म ।।
तिमी भित्र रमी बाच्नु मेरो यथार्थ हो ।
त्यसैले हरपल तिम्रो जिबनमा हुन्छु म ।।
स्वर्गकी परी धर्तिमा झरयौ मेरो निम्ती ।
साथ पाए तिम्रो हर मिलन मा हुन्छु म ।।
कहिले काहि तिमीबाट टाढिनु पर्दा ।
कालो बादल पन्छयाउदै गगनमा हुन्छु म ।।
सुन्दरताले जवानी त्यो पोखिदेला भनी ।
सधै भरी तिम्रा ति बदनमा हुन्छु म ।।
रातको अधेरीले छाया पार्दा तिमीलाई ।
"प्रज्वल" बनी चिहाउदै जुनमा हुन्छु म ।।

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल