गजल

गजल


मन मनै माया गर्ने शैली तिम्रो जाती लाग्यो ।
अपरिचित स्वरूप तिम्रो नजिकैको साथी लाग्यो ।।

चारैतिर हेरी बस्छु देखिन्छकी तिमीलाई भनी ।
मन भित्रको तिम्रो शहर सबै भन्दा माथि लाग्यो ।।

मौनतामै बिलाएका मायाका ति आवाजहरु ।
सपनामा आईदिदा दिउसो पनि राती लाग्यो ।।

ईशाराका भाबहरु शायद   मैले बुझिन कि ? ।
तिम्रो मनमा दाग लाउने मै मात्र घाती लाग्यो ।।


कृति भट्टराई

  

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल