गजल

छोड्नु थियो दोबाटोमै झुठो कसम खायौ किन ?।
मेरै धून  मेरै लय मेरै  गीत  गायौ  किन ? ।।

बाचा गर्यौ हर मोडमा साथ दिन्छु भनी तिमीले ।
छोड्नु थियो हात मेरो झुठो प्रित लायौ किन ? ।।

काडा जती मलाई पारे फूल जती तिम्रो भागमा ।
तर पनि बरम्बार मलाईनै    रुवायौ  किन ? ।।

मेरै पो त गल्ती थियो कि तिम्रो पनि गल्ती शायद ।
बिना कारण मेरो  मनलाई  तिमीले  जलायौ  किन ?।।



कृति भट्टराई

Comments

Xeriscope said…
nice one keep it up

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल