कबिता

झरीबर्षा

प्रिया
जब तिमी झरीमा रुझ्दै
मेरो सामु देखिन्छौ
म अतित सम्झन थाल्छू
सम्झ त ,
तिमी थियौ ,म थिए
हाम्ले ओढने एउटै घुम थियो //
आज अनायसै बर्षात सँगै
मलाई रुझाउन किन आयौ ??
म त पलपल तिम्रो मायामा
रुझेको थिए,
म त पलपल तिम्रो यादमा
डुबेको थिए,
आज फेरी पानी सँगै
अतित बल्झाउन तिमी आयौ
{अब तिमी आउनु पर्छ }
बर्षा सँगै,
अनि हामी झम झम
पानी मा,
एउटै घुम ओढौला////
अमृत भन्जाभाइ
2066/2/30
13jun009

Comments

Prabesh said…
घुम चैँ तयार पार्दै गर्नु नि !! चाँडै आइहालिन् भने त चाहिहाल्छ !!
Unknown said…
अहम.. के सारो राम्रो हौ
Jotare Dhaiba said…
झरीको यस्तो शुभ लाभ लिने तर्खरमा हुनुहुँदो रहेछ, घुम त ओढ्दाओढ्दै मक्किन्छ, च्यातिन्छ । बरू एउटा घर नै जोहो गरिराख्‍नुस् । मायाको कविता झरी जस्तै सरस छ ।

अमृतज जी, ब्लग सुरु गर्नुभएछ, सारै खुसी लाग्यो । साहित्यका साथै अन्य समसामयिक कुरालाई पनि ठाउँ दिनुभए अझ रोचक र प्रभावकारी होला ब्लगयात्रा ।

Happy Blogging !!

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल