गजल

बर्षातमा रुज्दै आको देखु देखु लाग्छ ।
समिप भई उनको बाटो छेकु छेकु लाग्छ।.
साउनमा रुज्दा तिमी चियाएर बस्छु सधैं।
तिमीलाई हेरी झरी कथा लेखु लेखु लाग्छ।
प्यासी हुँ म पानी तिमी शायद यो सम्योग मात्र।
तिमीलाई छोइ मनको तिर्खा मेटु मेटु लाग्छ ।।
दर्के झरीमा पानी संगै लुकामारी खेल्छौ जब ।
गाह्रो हुन्छ मन बुझाउन भेटु भेटु लाग्छ ।।
खुल्ला छ या बन्द छ तिम्रो दिलको द्वार सानु।
त्यो मुटुको आलि सम्म टेकु टेकु लाग्छ ।।
2063.3.26

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल