गजल

सम्झनामा अतित दिलाएर गयौ ।
पराइ संगै मन मिलाएर गयौ ।।

तिमी खुशीको सार हौ भन्नेले ।
हिउँ जस्तै किन बिलाएर गयौ।।

मेरो मुटु धुजा धुजा पारि तिमिले ।
अर्कै संग नाता सिलाएर गयौ ।।

यतिन्जेल सम्म भ्रममा राखेर ।
“अमृत” भनि बिष पिलाएर गयौ।।
Amrit bhanjabhai

Comments

Prabesh said…
गजलको लामो खडेरीमा
साह्रै मिठो गजल दिलाएर गयौ

हा हा !! कस्तो राम्रो गजल दाइ !!

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल