Posts

Showing posts from May, 2016

गजल

यो देशलाई माया गर्ने देखाउ ? एकैजना ? नेपालकै निम्ती मर्ने देखाउ ? एकैजना ? जहाँ ताही यत्रतत्र खुट्टा तान्ने मान्छेहरु । मेरो मित्र बिश नछर्ने ? देखाउ एकैजना ? अड्डा माल्पोत भन्सारतिर  जादै हुनुहुन्छ कि ? को छ र ? खल्ती नभर्ने ? देखाउ एकैजना ? राष्ट्रियता , राष्ट्र र देश हाक्छु भन्नेहरु । बिदेशीको चरण नपर्ने ? देखाउ एकैजना ? अमृत भान्जाभाइ २०७३/०१/३०