गजल


यो देशलाई माया गर्ने देखाउ ? एकैजना ?
नेपालकै निम्ती मर्ने देखाउ ? एकैजना ?

जहाँ ताही यत्रतत्र खुट्टा तान्ने मान्छेहरु ।
मेरो मित्र बिश नछर्ने ? देखाउ एकैजना ?

अड्डा माल्पोत भन्सारतिर  जादै हुनुहुन्छ कि ?
को छ र ? खल्ती नभर्ने ? देखाउ एकैजना ?

राष्ट्रियता , राष्ट्र र देश हाक्छु भन्नेहरु ।
बिदेशीको चरण नपर्ने ? देखाउ एकैजना ?


अमृत भान्जाभाइ
२०७३/०१/३०  

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल