Posts

Showing posts from March, 2010
धुकधुकी नि सुस्तसुस्त चल्ने एउटा रोग हुन्छ पिरतीमा मुटुमात्र जल्ने एउटा रोग हुन्छ औडाह हात लाग्ने खाली, देखे पनि नदेखे नि पेट्रोलझै पानी पनि बल्ने एउटा रोग हुन्छ संसारलाई उमाल्न सक्ने तापक्रम अचम्मको ढुङ्गा पनि मैनजस्तै गल्ने एउटा रोग हुन्छ चाहे जितोस मन चाहे जितोस संसारलाई योद्धा पनि काखमै आई ढल्ने एउटा रोग हुन्छ लैला मजनु सबै मायाको यो बजारमा चोखो प्रिती पहरामा फुल्ने एउटा रोग हुन्छ राममणि ढुंगाना