Posts

Showing posts from November, 2011

गजल

 बैगुनीलाई जित        दिलाएर किन हिँडौ ?  सर्पलाई दुध सधैं        पिलाएर किन हिँडौ ? छिनमै जोडजाड       छिनमै हुने भताभुङ ।  उध्रिएको सम्बन्ध यो सिलाएर किन हिँडौ ? यही रोक्ने उही रोक्ने   भेटे जहीतही रोक्ने ।  बेमानीलाई याद आफ्नो दिलाएर किन हिँडौ ? हार्दिकता लत्याएर    खाली भावनामा खेल्ने । निर्मोहीसँग मन          मिलाएर किन हिँडौ ?  ह्ववात आई स्वात्त  सुक्ने खहरेको हैन भेल । जरुवा हुँ बगरमा         बिलाएर किन हिँडौ ?                                                राममणि ढुंगाना