Posts

Showing posts from September, 2010

गजल

प्रज्वल लामिछाने दुरी सँगै तिम्ले माया मार्दै गा'की छौ । साथै छु भन्दै एक्लो पार्दै गा'की छौ ।। हिजो मात्र साथ दिने बाचा गरेथ्यौ । आजै देखी घरीघरी टार्दै गा'की छौ ।। दुर्भाग्य भनौ या समयको खेल । अलि अलि गर्दै पाइला सार्दै गा'की छौ।। लुटनु जती लुटे पनि जित मेरै हो । झुटो प्रेम गर्ने तिमी हार्दै गा'की छौ ।।

गजल

पिर मा छु आड नमाग मसँग । भिर मा छु आड नमाग मसँग ।। जौँउ भन्छौ तिमी क्षीतिज भन्दा पारी। तिर मा छु आड नमाग मसँग ।। बेसहारा छु टुङो छैन जाने कता हो। निर मा छु आड नमाग मसँग ।। भरोसा छैन मेरो भरोसा माग्छौ। जन्जिर मा छु आड नमाग मसँग।। अमृत "भान्जाभाई" 2067/4/20