गजल

प्रज्वल लामिछाने
दुरी सँगै तिम्ले माया मार्दै गा'की छौ ।
साथै छु भन्दै एक्लो पार्दै गा'की छौ ।।
हिजो मात्र साथ दिने बाचा गरेथ्यौ ।
आजै देखी घरीघरी टार्दै गा'की छौ ।।
दुर्भाग्य भनौ या समयको खेल ।
अलि अलि गर्दै पाइला सार्दै गा'की छौ।।
लुटनु जती लुटे पनि जित मेरै हो ।
झुटो प्रेम गर्ने तिमी हार्दै गा'की छौ ।।

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल