Posts

Showing posts from 2018

प्रतिक्षारत अदालतमा तिम्रो बयान

तिमी म भएर हेर देख्नेछौ यथार्थको आकाश र धरातल टेक्ने छौ सत्यको पाइला र भन्ने छौ अहंमता मानिसको शत्रु हो । कसैले कान फुकिदिएको भरमा हेरदिन तिमीले सुनाउने कथाका पात्र पोलियो रोगले ग्रसित हुनेछन् मासमा उभिएर तिम्रो इच्छा बमोजिम बयान दिन नसक्दा त्यत्तिखेर तिमी तिमी हुने छैनौ तिम्रो परिचय बदलिन सक्छ काँध थामिदिएकाले छाडिन दिँदा भूइँमा बजारिन पुग्छौ होस् गर पृथ्वी गोलो छ । समयको बदलाव अस्वभाविक परिवर्तन होइन सुधारको चक्रमा आफूलाई सम्मिलित गर्नु हो हिजोको गर्जनको जवाफ खोज्ने तिम्रो समाजलाई सत्य र यथार्थको धरातलमा उभिएर निस्फिक्री भन्न सक्नु पर्छ– मेरो अडान सत्यमा आधारित थियो अन्यथा तिम्रो अडान आरोपित बनाउन उद्दत हुनेछन् घमण्ड र अहंमको मझेरीमा बुनेका कथाहरु डर देखाएर सुताउन सानी नानीहरुलाई सुनाए जस्तो हुनेछ । विस्तारै आकाश खुल्दै जान थालेको छ तिम्रो प्रायश्चित गर्ने घडी घर्किंदैछ मानवताको पाठ पढाउने तिम्रो असली नियत हो भने अब पुष्टि गर, समय घर्किन आँट्यो । – सुदिप पाैडेल २०७५ /०२/२१

'साढे७' फागुन ११ मा

Image
Trend मा भन्दा Creation मा आधारित चलचित्र "साढे सात" Saadhe 7 फल्गुण 11(FEB 23) मा देशभर का सिनेमा घरमा चल्दैछ  चलचित्रमा फोटो पत्रकारको भूमिकामा छन् गायक सत्यराज आचार्य। चलचित्रमा यौनकर्मी युवतीको भूमिका मेनुका प्रधानले निर्वाह गरेकी छन् भने फोटो पत्रकारकी पत्नीको भूमिकामा सुप्रिया कटुवाल छिन्।  चलचित्रमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, सुनील थापा, नरेशदेव पन्त, डीजे सन्तोष र साम्तेन भुटियाको संयुक्त लगानीमा बनेको छ। निर्देशक भुटियाकै पटकथा र सम्पादनमा तयार भएको चलचित्रका सहनिर्माता अञ्जु श्रेष्ठ, राजु बोगटी, दीपा ढुंगेल, एलबी टन्डन र विशाल चाम्लिङ हुन्। अनिश तामाङको छायांकन रहेको चलचित्रमा सत्यराजकै संगीत छ।  यस अघिनै गज्जब हुनेछ बोलको गजल साबर्जनिक भएर चर्चा सेलाउन नपाउदै पोस्तर र् टेर्लर् अहिले थप चर्चामा रहेको छ। चलचित्रको शीर्षकले नै यसको सम्पूर्ण कथा बोकेको उनको भनाइ छ। अमृत खतिवडाको शब्द, स्वरूपराज आचार्यको संगीत एवं किरण गजमेरको स्वर समावेश गीतमा चलचित्रका मुख्य कलाकार सत्यराज र सुप्रियाले अभिनय गरेका छन्।   गीत हेर्नुहोस्  ट्रेलर हेर्नुहोस्