प्रतिक्षारत अदालतमा तिम्रो बयान

तिमी म भएर हेर
देख्नेछौ यथार्थको आकाश र धरातल
टेक्ने छौ सत्यको पाइला
र भन्ने छौ अहंमता मानिसको शत्रु हो ।

कसैले कान फुकिदिएको भरमा
हेरदिन तिमीले सुनाउने कथाका पात्र
पोलियो रोगले ग्रसित हुनेछन्
मासमा उभिएर तिम्रो इच्छा बमोजिम बयान दिन नसक्दा
त्यत्तिखेर तिमी तिमी हुने छैनौ
तिम्रो परिचय बदलिन सक्छ
काँध थामिदिएकाले छाडिन दिँदा
भूइँमा बजारिन पुग्छौ
होस् गर पृथ्वी गोलो छ ।


समयको बदलाव अस्वभाविक परिवर्तन होइन
सुधारको चक्रमा आफूलाई सम्मिलित गर्नु हो
हिजोको गर्जनको जवाफ खोज्ने तिम्रो समाजलाई
सत्य र यथार्थको धरातलमा उभिएर
निस्फिक्री भन्न सक्नु पर्छ– मेरो अडान सत्यमा आधारित थियो
अन्यथा तिम्रो अडान आरोपित बनाउन उद्दत हुनेछन्
घमण्ड र अहंमको मझेरीमा बुनेका कथाहरु
डर देखाएर सुताउन सानी नानीहरुलाई सुनाए जस्तो हुनेछ ।

विस्तारै आकाश खुल्दै जान थालेको छ
तिम्रो प्रायश्चित गर्ने घडी घर्किंदैछ
मानवताको पाठ पढाउने तिम्रो असली नियत हो भने
अब पुष्टि गर, समय घर्किन आँट्यो ।

– सुदिप पाैडेल
२०७५ /०२/२१

Comments

Popular posts from this blog

कविता- पागल (लक्ष्मी प्रसाद देवकोटा)

गजल

‘तिम्रो भागमा फूल पर्‍यो’ सार्वजनिक