Posts

Showing posts from August, 2019

गजल लेखनीमा अतिवाद

Image
नारायण गाउँले झट्ट हेर्दा यो शीर्षक असान्दर्भिक, अतिरञ्जित र अर्थहीन देखिन्छ । तर, बास्तविकता अलिक भिन्न छ । नेपाली गजलले सवा सय वर्ष लामो अग्निपरीक्षा दिइसकेपछिको अवस्थामा पनि प्राज्ञिक र पूर्ण साहित्यिक अनुमोदन हासिल गर्न नसक्नुमा खासगरी दुई थान अतिवादहरूले बन्धनको काम गरेका छन् र आजको गजल तिनबाट मुक्ति चाहन्छ । सर्जकदेखि समीक्षकसम्म गहिरो जरो गाडेका ती दुई अतिवादहरू हुन्  १-गजललाई आयातीत विधाका रूपमा राखिरहेर यसलाई स्थानीयकरणबाट रोक्ने अभ्यास । २- गजललाई स्वतन्त्र र स्वायत्त विधाका रूपमा पुष्टि गर्ने र यसलाई संस्थापक आधार कविताबाट अलग्याउने कसरत । साहित्यिक इतिहासको अध्ययन गर्ने विश्वविद्यालयीय विद्यार्थी र शोधार्थीबाहेक अन्य सर्जक, पाठक र समालोचकलाई लेखन-पूर्व नै गजल आयातीत या ‘विदेशी’ विधा हो भन्ने ‘रेडिमेड ज्ञान’ हुनु नै गजल नेपाली साहित्यको मूलप्रवाहमा पूर्ण-समायोजन भइनसकेको प्रमाण हो । निबन्ध, उपन्यास, जीवनी, कविताजस्ता साहित्यका प्राय: सबै विधा नेपाली भाषामा आयातीत विधा नै हुन् । अझ तीमध्ये पनि निबन्ध र उपन्यासजस्ता विधाहरू त गजलभन्दा नयाँ विधासमेत हुन् । तर,