Posts

Showing posts from July, 2011

गजल

सुदीप पौडेल "तटस्थ " लेकबाट देउराली झरे पछि आए । मुटु भित्र तिम्रो माया बसे पछि आए ॥ चल्दै थियो बसन्तको बैसालू हावा । मग्मगाउने सुबास छरेपछि आए ॥ हुन्न रै छ एक्लो जीबन खोज्नै पर्ने साथी । हिर्दयमा तिम्रो तस्बीर परे पछि आए ।। याद बनी आई दिन्छौ आठै प्रहर भरी । तिम्रैतिर मेरो मन सरे पछि आए ॥ कपटको जमानामा धोका मौलाउदा । बिश्वासको जलघड़ा भरे पछि आए ॥