गजल
सुदीप पौडेल "तटस्थ "
लेकबाट देउराली झरे पछि आए ।
मुटु भित्र तिम्रो माया बसे पछि आए ॥
चल्दै थियो बसन्तको बैसालू हावा ।
मग्मगाउने सुबास छरेपछि आए ॥
हुन्न रै छ एक्लो जीबन खोज्नै पर्ने साथी ।
हिर्दयमा तिम्रो तस्बीर परे पछि आए ।।
याद बनी आई दिन्छौ आठै प्रहर भरी ।
तिम्रैतिर मेरो मन सरे पछि आए ॥
कपटको जमानामा धोका मौलाउदा ।
बिश्वासको जलघड़ा भरे पछि आए ॥
लेकबाट देउराली झरे पछि आए ।
मुटु भित्र तिम्रो माया बसे पछि आए ॥
चल्दै थियो बसन्तको बैसालू हावा ।
मग्मगाउने सुबास छरेपछि आए ॥
हुन्न रै छ एक्लो जीबन खोज्नै पर्ने साथी ।
हिर्दयमा तिम्रो तस्बीर परे पछि आए ।।
याद बनी आई दिन्छौ आठै प्रहर भरी ।
तिम्रैतिर मेरो मन सरे पछि आए ॥
कपटको जमानामा धोका मौलाउदा ।
बिश्वासको जलघड़ा भरे पछि आए ॥
Comments