Posts

Showing posts from August, 2015

गजल

Image
छोड्नु थियो दोबाटोमै झुठो कसम खायौ किन ?। मेरै धून  मेरै लय मेरै  गीत  गायौ  किन ? ।। बाचा गर्यौ हर मोडमा साथ दिन्छु भनी तिमीले । छोड्नु थियो हात मेरो झुठो प्रित लायौ किन ? ।। काडा जती मलाई पारे फूल जती तिम्रो भागमा । तर पनि बरम्बार मलाईनै    रुवायौ  किन ? ।। मेरै पो त गल्ती थियो कि तिम्रो पनि गल्ती शायद । बिना कारण मेरो  मनलाई  तिमीले  जलायौ  किन ?।। कृति भट्टराई

गजल

गजल माया जालमा पर्नुको मज्जा बेग्लै छ । सँगै  नदी   तर्नुको मज्जा बेग्लै छ।। कैले तिमीले कहिले मैले देख्ने सपनाहरु । मिल्दै पुरा  गर्नुको मज्जा बेग्लै छ । थोरै वर झनझन वर एकछिन सरौ हामी । अलि  वर  सर्नुको  मज्जा  बेग्लै छ ।। त्यसै त्यसै यदी हामी अलगियौ भने । आसुँ बनी झर्नुको मज्जा बेग्लै छ ।। अमृत भान्जाभाइ       

गजल

Image
गजल मन मनै माया गर्ने शैली तिम्रो जाती लाग्यो । अपरिचित स्वरूप तिम्रो नजिकैको साथी लाग्यो ।। चारैतिर हेरी बस्छु देखिन्छकी तिमीलाई भनी । मन भित्रको तिम्रो शहर सबै भन्दा माथि लाग्यो ।। मौनतामै बिलाएका मायाका ति आवाजहरु । सपनामा आईदिदा दिउसो पनि राती लाग्यो ।। ईशाराका भाबहरु शायद   मैले बुझिन कि ? । तिम्रो मनमा दाग लाउने मै मात्र घाती लाग्यो ।। कृति भट्टराई