Posts

Showing posts from 2009

कबिता "यथार्थ"

जिबन चलाउनका लागि जिन्दगीका चटाने घुम्तीहरुमा मेरा कल्पुर्जा चलाइरहे चलाउन खोजीरहे ,सकेर या नसकेर यात्रारत मेरा राजमार्गमा तिमी हातभरी लालिगुरास लिएर बसिरहेका थियौ प्रेमका प्रतिक फूल देखेर या तिम्रो कल्कलाउदो ,मत्मताउदो बैसका छ्टाहरुले हो साँच्चै भन्नै सक्दिन बर्तमानमा म प्रेम भाबमा डुबिसकेको रहेछु जाहेर गरे तिम्रो हजुरमा तिमी मस्किदै ,मस्किदै,खस्किदै दिलद्वार खोल्दै बुइ चढयौ थोत्रा कल्पुर्जाले धर्मराएको सवारलाई प्राण दिदै प्रेम्को सहभावको दूर्त यात्रालाई इन्धन भर्दै मेरो बाँकी पुरा यात्राकोलागि सहयात्रीको बाचा गर्यौ वो दिलकी खरानी म यही चुकेको रहेछु ।। फूलको मुखमण्डलमा प्रेम लुटेर तिमीजस्ता मायाका ब्वासाहरु हाम्रा समाजमा बर्जित छन र त म पाश्चाताप होइन आज कृष्णभीरबाट जोगिएको जिबन देखेर पुलकित भएको छु र चलाएको छु जिन्दगी। वो दिलघाती आज मैले कोठा र कौसीहरुमा फुल सजाएको छु निर्‍भिकताका साथ ठिक ठिक समयमा फुल्ने र सुवासित हुने।। मैले नियमबधता र तालिका कोर्नु परेको छैन यि फुलले चलाउने छ मेरो जिबन फुलको चलाउने छु म ।। यि बाट पनि तलाई सम्झिएर तर्सिएको थिए .. तर मेरो ठुलो भ्रम रहेछ ।। त हुँदा

गजल

यथार्थमा उनी सँग हास्न, पाए हुन्थ्यो अचम्म । उनको मुटु मेरो मन गास्न, पाए हुन्थ्यो अचम्म।। फरक बाटो अलग यात्रा, उनको लक्ष्य सुनौलो होला । उनको बाटो मेरो यात्रा साच्न, पाए हुन्थ्यो अचम्म ।। सुनाखरी मखमली सयपत्रीको, याम आउँदा । देउसी भैलो चन्डीमा नाच्न, पाए हुन्थ्यो अचम्म।। उनी प्रतिको तडप मेरो, किन झन अझ गहिरो । समर्पण उनको छ छैन जाँच्न, पाए हुन्थ्यो अचम्म।। आकाशको जुन छुने कल्पना, मेरो मुर्खाइ शायद । सपनामै भए पनि बाँच्न, पाए हुन्थ्यो अचम्म अमृत भान्जाभाई

गजल

प्रज्वल लामिछाने एक्लै बाच्नुको सार कहाँ रहयो र ? तिमी सँगको प्यार कहाँ रहयो र ? थियो र पो प्यार अगालिन्थौ हामी । अब त्यस्तो संसार कहाँ रहयो र ? जति हेरे पनि हेरी रहु लाग्ने । हसिलो त्यो मुहार कहाँ रहयो र ? मन मुटु सुम्पे पनि छाडि गए पछि । आफ्नो भन्ने आधार कहाँ रहयो र ?

गजल

प्रज्वल लामिछाने सानो गल्तीमा पनि झर्किएर गयौ तिमी । बोलाँउदा नसुने झै तर्किएर गयौ तिमी ।। आखिर कहिलेको रिस पोख्यौ म माथि । कुरै नबुझी फर्किएर गयौ तिमी ।। माफी मागी तिमी सामु हात जोडे पनि । उल्टो धोकेबाज भनि अर्किएर गयौ तिमी।। तिम्रै हुँ जिबन भर साथ देउ भन्ने तिमी । कस्को साथ पयौ कुन्नि लर्किएर गयौ तिमी ।। तिमी भित्र सपनाको संसार सजाउथे । तर आज सिसासरी चर्किएर गयौ तिमी ।।

गजल

प्रज्वल लामिछाने नखोज्नु कही कतै तिम्रो मनमा हुन्छु म। नपत्याए छामी हेर धड्कनमा हुन्छु म ।। तिमी भित्र रमी बाच्नु मेरो यथार्थ हो । त्यसैले हरपल तिम्रो जिबनमा हुन्छु म ।। स्वर्गकी परी धर्तिमा झरयौ मेरो निम्ती । साथ पाए तिम्रो हर मिलन मा हुन्छु म ।। कहिले काहि तिमीबाट टाढिनु पर्दा । कालो बादल पन्छयाउदै गगनमा हुन्छु म ।। सुन्दरताले जवानी त्यो पोखिदेला भनी । सधै भरी तिम्रा ति बदनमा हुन्छु म ।। रातको अधेरीले छाया पार्दा तिमीलाई । "प्रज्वल" बनी चिहाउदै जुनमा हुन्छु म ।।

"" उदाङी प्रेयसी"'

"" उदाङी प्रेयसी"' आउँदै छु म त्यो तिम्रो उदाङो रुप हेर्न ए उदाङी प्रेयसी / जता जाउ तिम्रै चर्चा , चोक । पँधेरी । चौतारी । देउराली । जहा सुकै तिमी। यसपाला मनभरी रहर / तनभरी लहर । आँखाभरी सपना । बोकेर आउँदैछु। ए प्रेयसी , अघाउन्जेल म तिमीलाई शहबास गर्नेछु । म आतुर छु तिमीलाई छुन। यि आँखाहरु, हतारिएका छन टन्न शहबास गर्न। पर्ख,म आउदै छु त्यो तिम्रो उदाङो रुप हेर्न / सुनाइदेउ है , फेवा अनि बेगनासलाई पनि ए प्रेयसी पोखरा म आउदै छु तिम्रो उदाङो रुप हेर्न / यही सालमा ।। अमृत भान्जाभाइ रङ्पुर्-५ रौतहट हाल ललितपुर -१४ ९८४१५९७४१०

गजल

प्रज्वल लामिछाने जिबनभरी साथ दिने प्रण सँगै प्यार हुन्छ । अरु रात भन्दा शुहागरात यादगार हुन्छ।। साँझहरु ढल्दै जान्छन रातको सुरुवात सँगै। हातारिन्छन,आतुरिन्छन दिउसै अन्धकार हुन्छ ।। रातसगै हातहरु सल्बलाउन थालेपछी । लाजाउदै डराउदै पहिले इन्कार हुन्छ ।। सुस्त सुस्त मात बढ्छ बेजोडको घात बढ्छ। अनि यो त दुई आत्माको एउटै झन्कार हुन्छ ।। पुरै रात एकै साथ अगालोमा कस्सिएर । भाबनाका नदीहरु सँगै वारपार हुन्छ ।। दुबैलाई रात प्यारो रातको त्यो घात प्यारो। त्यै रातको मिठो साथ जिन्दगीको सार हुन्छ।।

गजल

- अमृत भाञ्जाभाई मिठो छ बैराग्य, गृहस्थ हुनु छैन भो । बार बार तिमीबाट, अपदस्त हुनु छैन भो । हाटमा देंखे गुलाफ, तिम्लाई भंवरा बने म, तिमी र गुलाफ, बिच प्रस्ट हुनु छैन भो । छातिमा मेरो प्रेम, नाटक मञ्चन गर्‍यौ, हरघडी वियोगमा, त्रस्त हुनु छैन भो । दिन्छु छहारी भनि, मुटुमा घाउ लगायौ, रोग त अँगाले अझै, ग्रस्त हुनु छैन भो । लुट्नु लुटयौ तिम्ले, अस्तित्व रहेन कत्ति, सिमा सम्म सहे अब, छरपस्ट हुनु छैन भो

गजल

रुप राम्रो कि बानी दोधारमा परे म / नाफा होला कि हानी दोधारमा परे म// सँगै फोड्नु पर्छ चुनौतीका पहाडहरू/ बित्ला र जिन्दगानी दोधारम परे म// शुरुमा त अनुमती मात्र पाइएला । ओठ माँगु या नानी दोधारमा परे म ।। जहाँ बसे उतै राम्रो भन्छन् सबैले । गाँउ या राजधानी दोधारमा परे म ।। कसै गरि सकिएन बिर्सन उनलाई । बिष पिँउ कि पानी दोधारमा परे म/ अमृत भान्जाभाई

गजल

तिम्रो भागमा फूल पर्यो मलाई भने भूल पर्यो एक्लो एक्लो छु म अचेल तिम्लाई भने हुल पर्यो बर्खे भेलमा म डुबे तिम्लाई तर्ने पुल पर्यो खडेरी झै सुक्दै गएँ तिम्लाई सधैँ मूल पर्यो तिम्रो भलो सोच्दा पनि किन भन्छौ शूल पर्यो । amrit bhanjabhai

गजल

ओभानो आँखा रुझाएर टोलाएँ । मधुशालामा चित्त बुझाएर टोलाएँ।। तिम्रो यादलाई पन्छाउनै सकिँन्। शराबसँग जीवन भजाएर टोलाएँ।। सँगै थिँयौ, खै कसरी छुट्यो साथ। एक्लै एक्लै मधुशाला धाएर टोलाएँ।। छैन कोही मेहफिल उठिसक्यो। एक्लै गजल गाएर टोलाएँ ।। अथाह मेरो मायाको बदलामा। आँशु निशानी पाएर टोलाएँ ।।

गजल

तिमीलाई भनी जिबन साँच्ने पागल हुँ म । नाम तिम्रो पाखुरामा काट्ने पागल हुँ म ।। चन्द्र जस्त्तै मुहार तिम्रो सपनामा झस्कन्थे म। अबुझ बनी छातीमा टास्ने पागल हुँ म ।। सोध्नुपर्थ्यो त्यो मनलाई म छु कि छैन भनि। कुर्दा कुर्दै जिबन मास्ने पागल हुँ म ।। तिमीले पनि बुझ्नु पर्थ्यो मेरो त्यो तडपलाई । जबर्जस्ती मनलाई भाच्ने पागल हुँ म ।। भुलले मलाई रक्स्याहा बनायो मायाको ज्यादति। साँझमा बोतल रित्त्याउदै हास्ने पागल हुँ म ।। अमृत "भान्जाभाई"

कबिता

घाउ शिशा हुँ यही भने तिमीले गमर्याङ ढलायौ / म लडे म ढले टुक्रा टुक्रा भई भुईमा// दिप हुँ दियोको जान्दा जान्दै/ हुरी भै आई तिमी झ्यापै निभायौ म सकिए म निभे// अखबार थिए अनायसै च्यातीदियौ। म च्यातीए म फालिए.. छरप्रस्ट.... ......... ........ गन्तब्य भरी .......... अमृत "भान्जाभाइ "

कबिता

झरीबर्षा प्रिया जब तिमी झरीमा रुझ्दै मेरो सामु देखिन्छौ म अतित सम्झन थाल्छू सम्झ त , तिमी थियौ ,म थिए हाम्ले ओढने एउटै घुम थियो // आज अनायसै बर्षात सँगै मलाई रुझाउन किन आयौ ?? म त पलपल तिम्रो मायामा रुझेको थिए, म त पलपल तिम्रो यादमा डुबेको थिए, आज फेरी पानी सँगै अतित बल्झाउन तिमी आयौ {अब तिमी आउनु पर्छ } बर्षा सँगै, अनि हामी झम झम पानी मा, एउटै घुम ओढौला//// अमृत भन्जाभाइ 2066/2/30 13jun009

गजल

सम्झनामा अतित दिलाएर गयौ । पराइ संगै मन मिलाएर गयौ ।। तिमी खुशीको सार हौ भन्नेले । हिउँ जस्तै किन बिलाएर गयौ।। मेरो मुटु धुजा धुजा पारि तिमिले । अर्कै संग नाता सिलाएर गयौ ।। यतिन्जेल सम्म भ्रममा राखेर । “अमृत” भनि बिष पिलाएर गयौ।। Amrit bhanjabhai

गजल

बर्षातमा रुज्दै आको देखु देखु लाग्छ । समिप भई उनको बाटो छेकु छेकु लाग्छ।. साउनमा रुज्दा तिमी चियाएर बस्छु सधैं। तिमीलाई हेरी झरी कथा लेखु लेखु लाग्छ। प्यासी हुँ म पानी तिमी शायद यो सम्योग मात्र। तिमीलाई छोइ मनको तिर्खा मेटु मेटु लाग्छ ।। दर्के झरीमा पानी संगै लुकामारी खेल्छौ जब । गाह्रो हुन्छ मन बुझाउन भेटु भेटु लाग्छ ।। खुल्ला छ या बन्द छ तिम्रो दिलको द्वार सानु। त्यो मुटुको आलि सम्म टेकु टेकु लाग्छ ।। 2063.3.26

कबिता

म रिसाए कि उनी रिसाइन पत्तै पाइएन उन्लाई म रिसाएको जस्तो मलाई उनी रिसाएको जस्तो खै कस्तो कस्तो कता कता बिझे जस्तो कता कता घोचे जस्तो खै कस्तो कस्तो मलाई जसरी पोल्छ उनी त्यसरी जल्दीहुन म जसरी दुख्छु उनी त्यसरी नै दुख्दी हुन हामी दुबै चुप्प चौ त्यसै त्यसै चुप छौ मन्चित अभिनय जस्तो खै कस्तो कस्तो न घाम जस्तो न छाया जस्तो मलाई प्यास लाग्छ उनी पानि पिउछिन मलाई निन्द्रा लाग्छ उनी आँखा चिम्लिन्छिन कतै यो बिबसता हाम्रो बुझपचाई त होइन ए रानी म रिसाएकी तिमी रिसायौ पत्तै पाइएन । (अमृत भान्जा भाई )

भावना

शितलता खोसिन उनले . उही तातो राप बाँकी छ । छिया छिया मुटु माथि उनको पैतलाको छाप बाँकी छ