Posts

Showing posts from 2010

गजल

प्रज्वल लामिछाने दुरी सँगै तिम्ले माया मार्दै गा'की छौ । साथै छु भन्दै एक्लो पार्दै गा'की छौ ।। हिजो मात्र साथ दिने बाचा गरेथ्यौ । आजै देखी घरीघरी टार्दै गा'की छौ ।। दुर्भाग्य भनौ या समयको खेल । अलि अलि गर्दै पाइला सार्दै गा'की छौ।। लुटनु जती लुटे पनि जित मेरै हो । झुटो प्रेम गर्ने तिमी हार्दै गा'की छौ ।।

गजल

पिर मा छु आड नमाग मसँग । भिर मा छु आड नमाग मसँग ।। जौँउ भन्छौ तिमी क्षीतिज भन्दा पारी। तिर मा छु आड नमाग मसँग ।। बेसहारा छु टुङो छैन जाने कता हो। निर मा छु आड नमाग मसँग ।। भरोसा छैन मेरो भरोसा माग्छौ। जन्जिर मा छु आड नमाग मसँग।। अमृत "भान्जाभाई" 2067/4/20

गजल

तिमी आउछौ भन्ने आश थियो । तिमी आयौ यस्तै आभास थियो ।। तड्पी रहन्थ्यो पलपल यो मन । बिना तिमी साचै उदास थियो ।। आखिर आयौ रातै परे पनि । आउछौ भन्ने पुरा विश्वाश थियो ।। परी झै सजिएर आयौ तिमी । सँग सँगै मिठो सुबाश थियो ।। थिएनन कोही सिवाय तिमी र म । थियो यो धर्ती अनी आकाश थियो।। केही क्षण पस्चात झस्किए म । एसो उठे ति सब बकबास थियो । प्रज्वल लामिछाने

झट्केलो शब्द जिबन

झट्केलो शब्द जिबन बर्षात यामको भेलले वृक्षहरु बगाउदा बगाउदा उराठ,मरभुमी जस्तो मेरो मस्तिक आसफल जिम्बेबारको दाँत देखाएर बगर झै हिस्सिएको छ। लाटो मस्तिक मा जिबन भर्न जिबन खोज्द खोज्दै जिबन हराएको छ कन्चेटका रौहरु उखेलेर मस्तिस्कको द्वार खोल्न असफल भएका छन शब्दकोशहरु। जोत्दा जोत्दै थाकेका गोरु झै धर्म छाडेर अडिएको हातलाई शब्दको कोर्‍राले हिडाउन नसकेर चिउडोमा हात राखेर खोक्रो स्तम्म्भ झोक्रएको छ । प्रसब पिडाले पिंदी उक्लिन नसकेकी नारी झै प्रयासबाट प्रयास हार खाएर कर्तव्यले सफलताको सिंढि उक्लिन नसकी छटपटिदा छट्पटिदै जन्मिएको यो शब्द जिबन झट्केलो शब्द जिबन । सुदीप पौडेल
धुकधुकी नि सुस्तसुस्त चल्ने एउटा रोग हुन्छ पिरतीमा मुटुमात्र जल्ने एउटा रोग हुन्छ औडाह हात लाग्ने खाली, देखे पनि नदेखे नि पेट्रोलझै पानी पनि बल्ने एउटा रोग हुन्छ संसारलाई उमाल्न सक्ने तापक्रम अचम्मको ढुङ्गा पनि मैनजस्तै गल्ने एउटा रोग हुन्छ चाहे जितोस मन चाहे जितोस संसारलाई योद्धा पनि काखमै आई ढल्ने एउटा रोग हुन्छ लैला मजनु सबै मायाको यो बजारमा चोखो प्रिती पहरामा फुल्ने एउटा रोग हुन्छ राममणि ढुंगाना