गजल

तिमी आउछौ भन्ने आश थियो ।
तिमी आयौ यस्तै आभास थियो ।।
तड्पी रहन्थ्यो पलपल यो मन ।
बिना तिमी साचै उदास थियो ।।
आखिर आयौ रातै परे पनि ।
आउछौ भन्ने पुरा विश्वाश थियो ।।
परी झै सजिएर आयौ तिमी ।
सँग सँगै मिठो सुबाश थियो ।।
थिएनन कोही सिवाय तिमी र म ।
थियो यो धर्ती अनी आकाश थियो।।
केही क्षण पस्चात झस्किए म ।
एसो उठे ति सब बकबास थियो ।
प्रज्वल लामिछाने

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल