झट्केलो शब्द जिबन

झट्केलो शब्द जिबन
बर्षात यामको भेलले वृक्षहरु बगाउदा बगाउदा
उराठ,मरभुमी जस्तो मेरो मस्तिक
आसफल जिम्बेबारको दाँत देखाएर
बगर झै हिस्सिएको छ।
लाटो मस्तिक मा जिबन भर्न
जिबन खोज्द खोज्दै
जिबन हराएको छ
कन्चेटका रौहरु उखेलेर
मस्तिस्कको द्वार खोल्न
असफल भएका छन शब्दकोशहरु।
जोत्दा जोत्दै थाकेका गोरु झै
धर्म छाडेर अडिएको हातलाई
शब्दको कोर्‍राले हिडाउन नसकेर
चिउडोमा हात राखेर
खोक्रो स्तम्म्भ झोक्रएको छ ।
प्रसब पिडाले पिंदी उक्लिन नसकेकी नारी झै
प्रयासबाट प्रयास हार खाएर
कर्तव्यले सफलताको सिंढि उक्लिन नसकी
छटपटिदा छट्पटिदै
जन्मिएको यो
शब्द जिबन
झट्केलो शब्द जिबन ।

सुदीप पौडेल

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल