गजल

छापा मारेर ताला फोरेकी  किन ?
नसोधिकन  मन  चोरेकी  किन ?

ठिकै थियो शिशिर  फक्रेको ओसिलो
टालाहरु   बटुलेर  मोरेकी किन ?

नताते निभ्ने तातेपछि  पग्लने
हिउँमाथि  आगो जोरेकी  किन ?

दिनभरि जलेर रातभरि  जम्ने
मरुभूमिमा नक्शा कोरेकी किन ?

ढक्कमक्क फुलेको उधानलाई छोडेर
 जानीजानी पत्कार  सोरेकी किन ?


                         
राममणि ढुंगाना 

Comments

Unknown said…
very nice.............

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल