Posts

Showing posts from June, 2015

कबिता _-_प्रिया अनि कम्पन

प्रिया अनि कम्पन जब तिमी अङालोमा मेरै अङालोमा बेरिन आउथियौ मलाई कम्पन महसुस हुन्थ्यो । तिमी अहिले मसँग छैनौ , र पनि म कम्पित छु तिमी हुँदाको कम्पन अनी नहुदाको कम्पन    फरक अहिले सारा सारा कम्पित छन अहिले सारा सारा त्रसित छन पक्कै पनि  भुकम्प गएको छ यहाँ तिमी समिपमा हुँदाको कम्पन र अहिले जमिनको कम्पन दुबैको अनुभुती फरक छ तिमीसँग को कम्पन उल्लास अनी खुशी को हुन्थियो अहिले को कम्पन हतास अनी ग्लानी को छ ....... अमृत भन्जाभाइ २०७२। ०२ । १९ कबिता