कबिता _-_प्रिया अनि कम्पन

प्रिया अनि कम्पन

जब तिमी
अङालोमा
मेरै अङालोमा
बेरिन आउथियौ
मलाई कम्पन
महसुस हुन्थ्यो ।

तिमी अहिले मसँग
छैनौ ,
र पनि म कम्पित छु

तिमी हुँदाको कम्पन
अनी नहुदाको कम्पन
   फरक
अहिले सारा सारा कम्पित छन
अहिले सारा सारा त्रसित छन

पक्कै पनि
 भुकम्प गएको छ यहाँ
तिमी समिपमा हुँदाको कम्पन

अहिले जमिनको कम्पन
दुबैको अनुभुती फरक छ

तिमीसँग को कम्पन उल्लास
अनी खुशी को हुन्थियो
अहिले को कम्पन हतास
अनी ग्लानी को छ .......

अमृत भन्जाभाइ
२०७२। ०२ । १९

कबिता  


Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल