Posts

Showing posts from June, 2009

गजल

तिम्रो भागमा फूल पर्यो मलाई भने भूल पर्यो एक्लो एक्लो छु म अचेल तिम्लाई भने हुल पर्यो बर्खे भेलमा म डुबे तिम्लाई तर्ने पुल पर्यो खडेरी झै सुक्दै गएँ तिम्लाई सधैँ मूल पर्यो तिम्रो भलो सोच्दा पनि किन भन्छौ शूल पर्यो । amrit bhanjabhai

गजल

ओभानो आँखा रुझाएर टोलाएँ । मधुशालामा चित्त बुझाएर टोलाएँ।। तिम्रो यादलाई पन्छाउनै सकिँन्। शराबसँग जीवन भजाएर टोलाएँ।। सँगै थिँयौ, खै कसरी छुट्यो साथ। एक्लै एक्लै मधुशाला धाएर टोलाएँ।। छैन कोही मेहफिल उठिसक्यो। एक्लै गजल गाएर टोलाएँ ।। अथाह मेरो मायाको बदलामा। आँशु निशानी पाएर टोलाएँ ।।

गजल

तिमीलाई भनी जिबन साँच्ने पागल हुँ म । नाम तिम्रो पाखुरामा काट्ने पागल हुँ म ।। चन्द्र जस्त्तै मुहार तिम्रो सपनामा झस्कन्थे म। अबुझ बनी छातीमा टास्ने पागल हुँ म ।। सोध्नुपर्थ्यो त्यो मनलाई म छु कि छैन भनि। कुर्दा कुर्दै जिबन मास्ने पागल हुँ म ।। तिमीले पनि बुझ्नु पर्थ्यो मेरो त्यो तडपलाई । जबर्जस्ती मनलाई भाच्ने पागल हुँ म ।। भुलले मलाई रक्स्याहा बनायो मायाको ज्यादति। साँझमा बोतल रित्त्याउदै हास्ने पागल हुँ म ।। अमृत "भान्जाभाई"

कबिता

घाउ शिशा हुँ यही भने तिमीले गमर्याङ ढलायौ / म लडे म ढले टुक्रा टुक्रा भई भुईमा// दिप हुँ दियोको जान्दा जान्दै/ हुरी भै आई तिमी झ्यापै निभायौ म सकिए म निभे// अखबार थिए अनायसै च्यातीदियौ। म च्यातीए म फालिए.. छरप्रस्ट.... ......... ........ गन्तब्य भरी .......... अमृत "भान्जाभाइ "

कबिता

झरीबर्षा प्रिया जब तिमी झरीमा रुझ्दै मेरो सामु देखिन्छौ म अतित सम्झन थाल्छू सम्झ त , तिमी थियौ ,म थिए हाम्ले ओढने एउटै घुम थियो // आज अनायसै बर्षात सँगै मलाई रुझाउन किन आयौ ?? म त पलपल तिम्रो मायामा रुझेको थिए, म त पलपल तिम्रो यादमा डुबेको थिए, आज फेरी पानी सँगै अतित बल्झाउन तिमी आयौ {अब तिमी आउनु पर्छ } बर्षा सँगै, अनि हामी झम झम पानी मा, एउटै घुम ओढौला//// अमृत भन्जाभाइ 2066/2/30 13jun009

गजल

सम्झनामा अतित दिलाएर गयौ । पराइ संगै मन मिलाएर गयौ ।। तिमी खुशीको सार हौ भन्नेले । हिउँ जस्तै किन बिलाएर गयौ।। मेरो मुटु धुजा धुजा पारि तिमिले । अर्कै संग नाता सिलाएर गयौ ।। यतिन्जेल सम्म भ्रममा राखेर । “अमृत” भनि बिष पिलाएर गयौ।। Amrit bhanjabhai

गजल

बर्षातमा रुज्दै आको देखु देखु लाग्छ । समिप भई उनको बाटो छेकु छेकु लाग्छ।. साउनमा रुज्दा तिमी चियाएर बस्छु सधैं। तिमीलाई हेरी झरी कथा लेखु लेखु लाग्छ। प्यासी हुँ म पानी तिमी शायद यो सम्योग मात्र। तिमीलाई छोइ मनको तिर्खा मेटु मेटु लाग्छ ।। दर्के झरीमा पानी संगै लुकामारी खेल्छौ जब । गाह्रो हुन्छ मन बुझाउन भेटु भेटु लाग्छ ।। खुल्ला छ या बन्द छ तिम्रो दिलको द्वार सानु। त्यो मुटुको आलि सम्म टेकु टेकु लाग्छ ।। 2063.3.26

कबिता

म रिसाए कि उनी रिसाइन पत्तै पाइएन उन्लाई म रिसाएको जस्तो मलाई उनी रिसाएको जस्तो खै कस्तो कस्तो कता कता बिझे जस्तो कता कता घोचे जस्तो खै कस्तो कस्तो मलाई जसरी पोल्छ उनी त्यसरी जल्दीहुन म जसरी दुख्छु उनी त्यसरी नै दुख्दी हुन हामी दुबै चुप्प चौ त्यसै त्यसै चुप छौ मन्चित अभिनय जस्तो खै कस्तो कस्तो न घाम जस्तो न छाया जस्तो मलाई प्यास लाग्छ उनी पानि पिउछिन मलाई निन्द्रा लाग्छ उनी आँखा चिम्लिन्छिन कतै यो बिबसता हाम्रो बुझपचाई त होइन ए रानी म रिसाएकी तिमी रिसायौ पत्तै पाइएन । (अमृत भान्जा भाई )

भावना

शितलता खोसिन उनले . उही तातो राप बाँकी छ । छिया छिया मुटु माथि उनको पैतलाको छाप बाँकी छ