गजल

तिम्रो भागमा फूल पर्यो
मलाई भने भूल पर्यो

एक्लो एक्लो छु म अचेल
तिम्लाई भने हुल पर्यो

बर्खे भेलमा म डुबे
तिम्लाई तर्ने पुल पर्यो

खडेरी झै सुक्दै गएँ
तिम्लाई सधैँ मूल पर्यो

तिम्रो भलो सोच्दा पनि
किन भन्छौ शूल पर्यो ।

amrit bhanjabhai

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल