कबिता

म रिसाए कि
उनी रिसाइन
पत्तै पाइएन
उन्लाई म रिसाएको जस्तो
मलाई उनी रिसाएको जस्तो
खै कस्तो कस्तो
कता कता बिझे जस्तो
कता कता घोचे जस्तो
खै कस्तो कस्तो

मलाई जसरी पोल्छ
उनी त्यसरी जल्दीहुन
म जसरी दुख्छु
उनी त्यसरी नै दुख्दी हुन
हामी दुबै चुप्प चौ
त्यसै त्यसै चुप छौ
मन्चित अभिनय जस्तो
खै कस्तो कस्तो
न घाम जस्तो
न छाया जस्तो
मलाई प्यास लाग्छ
उनी पानि पिउछिन
मलाई निन्द्रा लाग्छ
उनी आँखा चिम्लिन्छिन
कतै यो बिबसता
हाम्रो बुझपचाई त
होइन
ए रानी
म रिसाएकी
तिमी रिसायौ
पत्तै पाइएन ।

(अमृत भान्जा भाई )

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल