गजल

ओभानो आँखा रुझाएर टोलाएँ ।
मधुशालामा चित्त बुझाएर टोलाएँ।।

तिम्रो यादलाई पन्छाउनै सकिँन्।
शराबसँग जीवन भजाएर टोलाएँ।।

सँगै थिँयौ, खै कसरी छुट्यो साथ।
एक्लै एक्लै मधुशाला धाएर टोलाएँ।।

छैन कोही मेहफिल उठिसक्यो।
एक्लै गजल गाएर टोलाएँ ।।

अथाह मेरो मायाको बदलामा।
आँशु निशानी पाएर टोलाएँ ।।

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल