गजल

तिमीलाई भनी जिबन साँच्ने पागल हुँ म ।
नाम तिम्रो पाखुरामा काट्ने पागल हुँ म ।।
चन्द्र जस्त्तै मुहार तिम्रो सपनामा झस्कन्थे म।
अबुझ बनी छातीमा टास्ने पागल हुँ म ।।
सोध्नुपर्थ्यो त्यो मनलाई म छु कि छैन भनि।
कुर्दा कुर्दै जिबन मास्ने पागल हुँ म ।।
तिमीले पनि बुझ्नु पर्थ्यो मेरो त्यो तडपलाई ।
जबर्जस्ती मनलाई भाच्ने पागल हुँ म ।।
भुलले मलाई रक्स्याहा बनायो मायाको ज्यादति।
साँझमा बोतल रित्त्याउदै हास्ने पागल हुँ म ।।

अमृत "भान्जाभाई"

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल