Posts

Showing posts from November, 2012

कविता- पागल (लक्ष्मी प्रसाद देवकोटा)

Image
जरुर साथी म पागल यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बासनालाई संबाद लिन्छु । आकाशभन्दा पतला कुरालाई छुन्छु । ती कुरा, जसको अस्तित्व लोक मान्दैंन जसको आकार संसार जान्दैन ! म देख्दछु, ढुङ्गालाई फूल ! जब, जलकिनारका जल चिप्ला ती, कोमलाकार, पाषाण, चाँदनीमा, स्वर्गकी जादूगर्नी मतिर हाँस्दा, पत्रिएर, नर्मिएर, झल्किएर, बल्किएर, उठ्दछन् मूक पागलझैँ, फूलझैँ- एक किसिमका चकोर फूल ! म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग एक भाषा, साथी ! जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न । जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा साथी ! छाल छाल ! जरुर साथी म पागल ! यस्तै छ मेरो हाल ! तिमी चतुर छौ, वाचाल ! तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ मेरो गणितमा एकबाट एक झिके एकै बाँकी रहन्छ ! तिमी पाँच इन्द्रियले काम गर्छौ, म छैटौँले ! तिम्रो गिदी छ साथी ! मेरो मुटु । तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ, म उसमा हेलेन र पद्मिनी पाउँछु, तिमी बलिया गद्य छौ ! म तरल पद्य छु ! तिमी जम्दछौ जब म पग्लन्छु, तिमी सँग्लन्छौ जब म धमिलो बन्छु, र ठीक त्यसैका उल्टो ! तिम्रो संसार ठोस छ । म

गजल

Image
   गाउँमा छु यन्त्र  कुनै     कराएको  सुनिदैन।   दिनदहाडै  इमानजामान हराएको  सुनिदैन।।       विद्वान  लाचार    टपरटुइया  महाजान्ने।   मुर्खहरुले सज्जनलाई  चराएको  सुनिदैन।।     टिक्दैन   फुर्तिबाज जस्तो तिम्रो शहरमा।  स्यालसंग  बाघ  कहिलै  डराएको सुनिदैन।।     पशु बन्छ  यन्त्र बन्छ लाचारी कीच्चक भई। कान समाई रुपियाँले उठबस गराएको  सुनिदैन।।   मन्त्री डर देखाइ कुर्सीमाथि  उपरखुट्टी।  पिउनले हाकिमलाई अह्राएको  सुनिदैन।।                                     राममणि ढुंगाना 

गजल

Image
किरा लागेको   साग  हुँ  म। मणि हराएको   नाग    हुँ  म।। कोही  समस्याले एक्लिदा। समाधानको   माग  हुँ  म।। वरको पर            परको वर। समचार पुर्याउने  काग हु म।। हरदम       असुरक्षित्    छु। चोरिने गैडा को  खाग हुँ  म।। खाउँ खाउँ मै उठनु   पर्ने। पेट नअघाउने  भाग हुँ  म।।  सत्य भुल्न  नसक्नाले असत्यको     दाग हुँ  म।। सुदिप पौडेल "  रंगपुर 5 रौतहट