गजल

दिनदहाडै इमानजामान हराएको सुनिदैन।।
विद्वान लाचार टपरटुइया महाजान्ने।
मुर्खहरुले सज्जनलाई चराएको सुनिदैन।।
टिक्दैन फुर्तिबाज जस्तो तिम्रो शहरमा।
स्यालसंग बाघ कहिलै डराएको सुनिदैन।।
पशु बन्छ यन्त्र बन्छ लाचारी कीच्चक भई।
कान समाई रुपियाँले उठबस गराएको सुनिदैन।।
मन्त्री डर देखाइ कुर्सीमाथि उपरखुट्टी।
पिउनले हाकिमलाई अह्राएको सुनिदैन।।
राममणि ढुंगाना
Comments