गजल

रुप राम्रो कि बानी दोधारमा परे म /
नाफा होला कि हानी दोधारमा परे म//

सँगै फोड्नु पर्छ चुनौतीका पहाडहरू/
बित्ला र जिन्दगानी दोधारम परे म//

शुरुमा त अनुमती मात्र पाइएला ।
ओठ माँगु या नानी दोधारमा परे म ।।

जहाँ बसे उतै राम्रो भन्छन् सबैले ।
गाँउ या राजधानी दोधारमा परे म ।।

कसै गरि सकिएन बिर्सन उनलाई ।
बिष पिँउ कि पानी दोधारमा परे म/
अमृत भान्जाभाई

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल