गजल

- अमृत भाञ्जाभाई
मिठो छ बैराग्य, गृहस्थ हुनु छैन भो ।
बार बार तिमीबाट, अपदस्त हुनु छैन भो ।

हाटमा देंखे गुलाफ, तिम्लाई भंवरा बने म,
तिमी र गुलाफ, बिच प्रस्ट हुनु छैन भो ।

छातिमा मेरो प्रेम, नाटक मञ्चन गर्‍यौ,
हरघडी वियोगमा, त्रस्त हुनु छैन भो ।

दिन्छु छहारी भनि, मुटुमा घाउ लगायौ,
रोग त अँगाले अझै, ग्रस्त हुनु छैन भो ।

लुट्नु लुटयौ तिम्ले, अस्तित्व रहेन कत्ति,
सिमा सम्म सहे अब, छरपस्ट हुनु छैन भो

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।