"" उदाङी प्रेयसी"'

"" उदाङी प्रेयसी"'
आउँदै छु म त्यो तिम्रो
उदाङो रुप हेर्न
ए उदाङी प्रेयसी /
जता जाउ तिम्रै चर्चा ,
चोक ।
पँधेरी ।
चौतारी ।
देउराली ।
जहा सुकै तिमी।
यसपाला मनभरी रहर /
तनभरी लहर ।
आँखाभरी सपना ।
बोकेर आउँदैछु।
ए प्रेयसी ,
अघाउन्जेल म तिमीलाई
शहबास गर्नेछु ।
म आतुर छु तिमीलाई छुन।
यि आँखाहरु,
हतारिएका छन
टन्न शहबास गर्न।
पर्ख,म आउदै छु
त्यो तिम्रो उदाङो रुप हेर्न /
सुनाइदेउ है ,
फेवा अनि बेगनासलाई पनि
ए प्रेयसी पोखरा
म आउदै छु तिम्रो
उदाङो रुप हेर्न /
यही सालमा ।।

अमृत भान्जाभाइ
रङ्पुर्-५ रौतहट
हाल ललितपुर -१४
९८४१५९७४१०

Comments

Basanta said…
तपाईँको यो झुपडीमा दरबारमा भन्दा पनि बढी खजानाहरु रहेछन्। खुशी लाग्यो यहाँ आईपुग्दा। निरन्तरता र सफलताको शुभकामना!

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल