गजल

प्रज्वल लामिछाने
जिबनभरी साथ दिने प्रण सँगै प्यार हुन्छ ।
अरु रात भन्दा शुहागरात यादगार हुन्छ।।
साँझहरु ढल्दै जान्छन रातको सुरुवात सँगै।
हातारिन्छन,आतुरिन्छन दिउसै अन्धकार हुन्छ ।।
रातसगै हातहरु सल्बलाउन थालेपछी ।
लाजाउदै डराउदै पहिले इन्कार हुन्छ ।।
सुस्त सुस्त मात बढ्छ बेजोडको घात बढ्छ।
अनि यो त दुई आत्माको एउटै झन्कार हुन्छ ।।
पुरै रात एकै साथ अगालोमा कस्सिएर ।
भाबनाका नदीहरु सँगै वारपार हुन्छ ।।
दुबैलाई रात प्यारो रातको त्यो घात प्यारो।
त्यै रातको मिठो साथ जिन्दगीको सार हुन्छ।।

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल