कबिता "यथार्थ"

जिबन चलाउनका लागि
जिन्दगीका चटाने घुम्तीहरुमा
मेरा कल्पुर्जा चलाइरहे
चलाउन खोजीरहे ,सकेर या नसकेर

यात्रारत मेरा राजमार्गमा
तिमी हातभरी लालिगुरास लिएर
बसिरहेका थियौ
प्रेमका प्रतिक फूल देखेर या
तिम्रो कल्कलाउदो ,मत्मताउदो
बैसका छ्टाहरुले हो
साँच्चै भन्नै सक्दिन बर्तमानमा
म प्रेम भाबमा डुबिसकेको रहेछु
जाहेर गरे तिम्रो हजुरमा
तिमी मस्किदै ,मस्किदै,खस्किदै
दिलद्वार खोल्दै बुइ चढयौ
थोत्रा कल्पुर्जाले धर्मराएको सवारलाई
प्राण दिदै प्रेम्को सहभावको दूर्त यात्रालाई इन्धन भर्दै
मेरो बाँकी पुरा यात्राकोलागि सहयात्रीको बाचा गर्यौ
वो दिलकी खरानी
म यही चुकेको रहेछु ।।
फूलको मुखमण्डलमा प्रेम लुटेर
तिमीजस्ता मायाका ब्वासाहरु
हाम्रा समाजमा बर्जित छन
र त म
पाश्चाताप होइन आज
कृष्णभीरबाट जोगिएको जिबन देखेर
पुलकित भएको छु र चलाएको छु जिन्दगी।

वो दिलघाती
आज मैले कोठा र कौसीहरुमा
फुल सजाएको छु निर्‍भिकताका साथ
ठिक ठिक समयमा फुल्ने र सुवासित हुने।।
मैले नियमबधता र तालिका कोर्नु परेको छैन
यि फुलले चलाउने छ मेरो जिबन
फुलको चलाउने छु म ।।
यि बाट पनि तलाई सम्झिएर तर्सिएको थिए ..
तर मेरो ठुलो भ्रम रहेछ ।। त हुँदाको भन्दा नहुँदाको जिबन
त सँगको हातेमालो भन्दा
बर्तमान सँगको जिबन सार्थक हुनेछ
वो समाज घाती
म मान्छे भएर बाचेँको छु समाजमा
र बचाएको छु आफुलाई


सुदिप पौडेल "तटस्थ"

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल