गजल

यथार्थमा उनी सँग हास्न, पाए हुन्थ्यो अचम्म ।
उनको मुटु मेरो मन गास्न, पाए हुन्थ्यो अचम्म।।
फरक बाटो अलग यात्रा, उनको लक्ष्य सुनौलो होला ।
उनको बाटो मेरो यात्रा साच्न, पाए हुन्थ्यो अचम्म ।।
सुनाखरी मखमली सयपत्रीको, याम आउँदा ।
देउसी भैलो चन्डीमा नाच्न, पाए हुन्थ्यो अचम्म।।
उनी प्रतिको तडप मेरो, किन झन अझ गहिरो ।
समर्पण उनको छ छैन जाँच्न, पाए हुन्थ्यो अचम्म।।
आकाशको जुन छुने कल्पना, मेरो मुर्खाइ शायद ।
सपनामै भए पनि बाँच्न, पाए हुन्थ्यो अचम्म

अमृत भान्जाभाई

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल