गजल

प्रज्वल लामिछाने
सानो गल्तीमा पनि झर्किएर गयौ तिमी ।
बोलाँउदा नसुने झै तर्किएर गयौ तिमी ।।
आखिर कहिलेको रिस पोख्यौ म माथि ।
कुरै नबुझी फर्किएर गयौ तिमी ।।
माफी मागी तिमी सामु हात जोडे पनि ।
उल्टो धोकेबाज भनि अर्किएर गयौ तिमी।।
तिम्रै हुँ जिबन भर साथ देउ भन्ने तिमी ।
कस्को साथ पयौ कुन्नि लर्किएर गयौ तिमी ।।
तिमी भित्र सपनाको संसार सजाउथे ।
तर आज सिसासरी चर्किएर गयौ तिमी ।।

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल