गजल

{प्रज्वल लामिछाने }
माया मेरो तराजु मा जोखेर हरायौ ।
हाँसो लुकाई आसुँ मात्र पोखेर हरायौ ।।
एक्लै थे ठिकै थिए चल्दैथे यात्राहरु ।
अनायासै आयौ अनि रोकेर हरायौ ।।
सहयात्रा गर्छु भन्यौ शरण मा पर्छु भन्यौ।
लुटनु लुटयौ अनि ताल्चा ठोकेर हरायौ ।।
पहिले शर्मायौ पछि झुक्यायौ र फेरी।
निभाउछु {प्रज्वल} भन्दै तोकेर हरायौ ।।

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल

कबिता